Kathmandu Press

चुडाल र सुवेदीको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं, वैशाख ३ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ।न्यायाधीशमा सिफारिस चुडाल...
चुडाल र सुवेदीको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं, वैशाख ३ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ।

न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीलाई शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए । सो छलफल पछि समितिले दुवैको नाम अनुमोदन गरेको हो।

समितिले उनीहरु योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएकाले सर्वसम्मतिले अनुमोदन गरेको निर्णय गरेको छ।

न्याय परिषदको बैठकले २८ फागुनमा  चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रस्तावित न्यायाधीशलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्