Kathmandu Press

उपत्यकामा ३४८ सहित ९ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख ३ : पछिल्लो २४ घण्टामा ९ सय जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण...
उपत्यकामा ३४८ सहित ९ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख ३ : पछिल्लो २४ घण्टामा ९ सय जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।   यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै शुक्रबार कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार  ८ सय ९० पुगेको छ ।

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्