Kathmandu Press

पारसले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं, वैशाख ३ : नेपाली राष्ट्रिष्य क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर पारस खड्काले शनिबारबाट सुरु हुने त्रिकोणात्मक टि–२० सिरिज गुमाउने भएका छन्। बन्द...
पारसले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं, वैशाख ३ : नेपाली राष्ट्रिष्य क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर पारस खड्काले शनिबारबाट सुरु हुने त्रिकोणात्मक टि–२० सिरिज गुमाउने भएका छन्। बन्द प्रशिक्षमा कुममा चोट बोकेपछि पारसले त्रिकोणात्मक सिरिज गुमाउने भएका हुन्।

आइतबार अभ्यासका क्रममा फिल्डिङ गर्दा पारसको कुममा चोट लागेको थियो। पारसलाई चिकित्सकहरुले तीन साता आराम गर्न सल्लाह दिएका छन् । पारसले आफू नखेलेपनि नेपालले उपाधि जित्ने बताएका छन् ।

त्रिकोणात्मक सिरिज वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ।  प्रतियोगिताका सबै खेल दिउँसो १स्१५बाट सुरु हुनेछ।

टियू मैदानमा हुने सिरिजको उद्घाटन खेलमा वैशाख ४ गते नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।

यस्तो छ नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तानी), सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, आरिफ सेख, सुशल भारी, करण केसी, विनोद भण्डारी, आसिफ शेख र साहब आलम, कुशल भुर्तेल, अभिनाश बोहरा र कलमसिंह ऐरी ।

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्