Kathmandu Press

चट्याङ लागेर तीन जनाको मृत्यु, चार घाइते 

काठमाडौं, वैशाख ३ : हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर तीन जनाको मृत्यु हुनुका साथै  चार जना घाइते भएका छन् । बिहीबार रातिदेखि...
चट्याङ लागेर तीन जनाको मृत्यु, चार घाइते 

काठमाडौं, वैशाख ३ : हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर तीन जनाको मृत्यु हुनुका साथै  चार जना घाइते भएका छन् । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया रोहिता मगर र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीय खिमलाल कँडेल छन् । 

तेह्रथुममा १६ र १३ वर्षकी दुई बालिका, ताप्लेजुङमा ५० वर्षीया महिला र बाग्लुङमा एक ४५ वर्षीया महिला घाइते भएको विपद व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणले जानकार दिएको छ । प्राधिकरणका अनुसार उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्