कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।
सुर्खेत, वैशाख ३ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।
प्रदेशसभामा विश्वासको मत प्राप्त गरेको छन्। प्रदेशसभामा मत विभाजन हुँदा विश्वासको मतको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो।
माओवादी केन्द्र र कांग्रेसका सांसदले विश्वासको मतका पक्षमा मतदान गरेका थिए। सरकार बनाउने र गिराउने खेलमा नलाग्ने भन्दै राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो।
विश्वासको मतबारे मत विभाजन हुनुअघि मुख्यमन्त्री शाहीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।
सत्ता साझेदार एमालेले एमालेले ४ चैतमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए। सरकारमा सहभागी एमालेका मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले २४ चैतमा राजिनामा दिएका थिए।
प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले १८ चैतमा मुख्यमन्त्री शाहीलाई अल्पमतमा परेको लिखित जानकारी दिएका थिए।
मुख्यमन्त्री शाही माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद थिए। तीमध्ये धर्मराज रेग्मी एमाले प्रवेश गरेपछि सांसद पद गुमेको छ र माओवादी केन्द्रसँग १२ सांसद मात्र छन्। यस्तै, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाही एमालेबाटै निर्वाचित भएका हुन्। सोही कारण एमालेसँग १९ सांसद छन्।
४० सदस्यीय (हाल ३९) प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न मुख्यमन्त्री शाहीलाई कांग्रेस र राप्रपाको मतले मात्र पुग्ने थिएन। एमालेको नेपाल-खनाल समूहका सांसदले फ्लोर क्रस गर्दा मात्र उनको पद जोगिने थियो। उक्त समूहमा नौजना सांसद छन्।
एमाले एकढिक्का रहँदा मुख्यमन्त्री शाहीले पदमुक्त हुनुपरेको हो। यसअघि एमालेको नेपाल-खनाल समूहको साथ पाएकै कारण पटक-पटक उनको पद जोगिँदै आएको थियो। अब एमालेको एकल सरकार निर्माण हुने अवस्था छ।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)