Kathmandu Press

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, वैशाख ३ : प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा बैठक बोलाइएको छ...
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, वैशाख ३ : प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा बैठक बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए । 

यस्तै, आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ललितपुरको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीलीसँग टेलिफोन वार्ता भएको बताएका थिए। थापाका अनुसार सर्वदलीय बैठकका सन्दर्भमा कुरा गर्न उनीसँग फोन वार्ता भएको हो । 

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्