प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन
काठमाडौं, वैशाख ३ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले फोन गरेका छन् ।कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन...
काठमाडौं, वैशाख ३ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले फोन गरेका छन् ।
कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको बताएका छन्।
भवन उद्घाटनपछि सम्बोधन गर्दै उनले भने ‘राम्रो हो कि नराम्रो के हो, म भवन उद्घघाटन गर्न यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभयो। म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौंला भनें।’
कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै उनले पूर्वाधार विकासमा सहयोग गर्ने वचन समेत दिए ।
प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)