कर्णालीमा राप्रपाले मुख्यमन्त्रीलाई साथ नदिने
काठमाडौं, वैशाख ३ : राप्रपा कर्णाली प्रदेशसभामा राप्रपाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ नदिने निर्णय गरेको छ। शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिँदैछन्,...
काठमाडौं, वैशाख ३ : राप्रपा कर्णाली प्रदेशसभामा राप्रपाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ नदिने निर्णय गरेको छ। शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिँदैछन्, त्यसमा राप्रापाले तटस्थ बस्ने निर्णय गरेको हो।
सरकार ढाल्ने र बनउने खेलमा राप्राप नलाग्ने भन्दै राप्रपाले तटस्थ बस्ने निर्णय गरेको हो। कर्णालीमा राप्रपाका १ सदस्य छन् ।
राप्रपाले तटस्थ बस्ने निर्णय गरेसँगै मुख्यमन्त्री शाहीले प्रदेश सभामा बहुमत पु¥याउन असफल हुने देखिएको छ। ३९ सदस्य रहेको प्रदेशसभामा एमालेका २० (सभामुखसहित), माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद् छन्।
राप्रपाले तटस्थ बस्ने निर्णय गरेकाले शाहीलाई बहुमत पु¥याउन एमालेका सांसद्ले फ्लोर क्रस गर्नुपर्ने छ। तर, एमाले संसदीय दलले शाहीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकाले फ्लोर क्रस हुने सम्भावना छैन ।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)