Kathmandu Press

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप

काठमाडौं, वैशाख ३ : कर्णाली प्रदेश सभामा एमालेले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गरेको छ । एमालेको माधव नेपाल पक्षका सांसदले...
कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप

काठमाडौं, वैशाख ३ : कर्णाली प्रदेश सभामा एमालेले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गरेको छ । 

एमालेको माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्दै शाहीको पक्षमा मतदान गर्ने आशंकामा एमाले कर्णाली प्रदेश संसदीय दलको बिहान ११ बजे बसेको बैठकले ह्विप जारी गरेको हो । 
 
प्रदेशसभामा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदैछन् । एमालेले शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । 

प्रदेश सभामा एमालेका सभामुखसहित २० सांसद छन् । ३९ सदस्य रहेको कर्णाली प्रदेशसभामा शाहीलाई बहुमत पुर्याउन २० सांसद आवश्यक पर्छ । कर्णालीमा माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्।

 

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्