‘फुकुसीमा आणविक केन्द्रको पानी संक्रमणमुक्त भएको जापानले प्रमाणित गर्न सक्छ ?'

बेइजिङ, वैशाख ३ : चीनको विदेश मन्त्रालय सूचना विभागका प्रवता झाओ लिजियनले के जापानले फुकुसिमा आणविकि केन्द्रको पानी संक्रमणमुक्त रहेको प्रमाणित गर्न सक्छ भनि प्रश्न गरेका छन् ।
लिजियनले बिहीबार एक प्रेस सम्मेलनमा के जापनका राजनितिज्ञले फुकुसिमा आणविकि केन्द्रको फोहोर पानी पियर यो संक्रमणमुक्त रहेको प्रमाणित गर्न सक्छन् भन्ने प्रश्न गरेका हुन् ।
प्रवता झाओ लिजियनले यदि आणविक केन्द्रको पानी संक्रमणमुक्त छ भने जापानले त्यो पानी पिउन, खाना पकाउन, सरसफाइ गर्न र कृषिमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
२०२१ मार्च १३मा जापान सरकारले जापानको फुकुसिमा प्रान्तमा रहेको आणविक ऊर्जा केन्द्रको १० लाख भन्दा बढी दूषित पानी समुद्रमा छोड्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












