कर्णाली कांग्रेस संसदीय दलको बैठक निष्कर्षबिहीन
काठमाडाैं, वैशाख ३ : प्रदेश सभा बैठकअघि आवश्यक रणनीति बनाउन बनेको नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षबिहीन बनेको छ। आज बस्ने...
काठमाडाैं, वैशाख ३ : प्रदेश सभा बैठकअघि आवश्यक रणनीति बनाउन बनेको नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षबिहीन बनेको छ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची छ।
सोही विषयमा आवश्यक रणनीति बनाउन बिहान नौ बजे बसेको कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष टुङ्गिएको हो । बैठक २ घण्टासम्म चलेको थियो। बैठक पुनः बस्ने बताइएको छ ।
माओवादी नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकार अल्पमतमा परेको थियो। मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिने र आफ्नो पक्षमा बहुमत पुग्न दाबी गर्दै आएका छन् ।
कांग्रेसको संसदीय दल बैठकले मुख्यमन्त्री शाहीलाई सहयोग गर्ने नगर्ने विषयमा निर्णय गर्ने बताइएको छ। मुख्यमन्त्री शाहीले कांग्रेस र एमालेकै केही सांसद्ले आफूलाई सहयोग पाउने अपेक्षा गरेका छन्।
३९ सदस्य कर्णाली प्रदेशसभामा एमालेका २० (सभामुख) सांसद् छन् भने माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)