१० रूसी कुटनीतिज्ञलााई प्रतिबन्ध गर्ने अमेरिकाको घोषणा
वासिङटन, वैशाख ३ : अमेरिकाले दश रुसी कुटनीतिज्ञ, दर्जनौं कम्पनी र अन्य व्यक्तिहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।गत वर्ष अमेरिकको राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको...
वासिङटन, वैशाख ३ : अमेरिकाले दश रुसी कुटनीतिज्ञ, दर्जनौं कम्पनी र अन्य व्यक्तिहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
गत वर्ष अमेरिकको राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको र संघिय एजेन्सीको वेब साइट ह्याक गरेको अरोपमा अमेरिकाले बिहीबार दश रुसी कुटनीतिज्ञ, दर्जनौं कम्पनी र अन्य व्यक्तिहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको प्रजातान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्न खोज्ने जो कोहीलाई कारवाही गर्ने बताएका छन् ।
साइबर अपराधमा संग्लन ६ रूसी कम्पनीहरू, गत वर्षको चुनावमा हस्तक्षेप गर्ने दश कुटनीतिज्ञ र ३२ व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गर्ने बाइडेनले बताएका छन् ।
रसियाले सबै आरोपहरू अस्वीकार गरेको र त्यही प्रकारको जवाफ दिने बताएको छ।
प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












