शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए महानगरका विद्यालय एक साता बन्द हुने
काठमाडौं, वैशाख ३ : शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएमा काठमाडौं महानगरपालिकाभित्रका विद्यालय एक साताका लागि बन्द गरिने भएको छ । महानगरको बिहीबार...
काठमाडौं, वैशाख ३ : शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएमा काठमाडौं महानगरपालिकाभित्रका विद्यालय एक साताका लागि बन्द गरिने भएको छ । महानगरको बिहीबार बसेको बैठकले कोरोना संक्रमण बढेकाले महानगरभित्रका विद्यालयमा शिक्षक, विद्यार्थी वा कर्मचारी कसैमा कोरोना संक्रमण देखिए विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना नदेखिएका विद्यालयमा सुरक्षका मापदण्ड अनिवार्य अपनाउन पनि महानगरले अनुरोध गरेको छ । महानगरले विद्यालयमा सामाजिक दुरी कायम गर्दै सेनिटाइजर, मास्क प्रयोग गर्न र साबुनपानीले हात धुन भनेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार नै काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ । मन्त्रालयले ती जिल्लाका विद्यार्थीलाई कोरोना जोखिमका कारण विद्यालय नजान अपिल गरेको थियो ।

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)