Kathmandu Press

गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर चट्याङले ध्वस्त

ओखलढुंगा, वैशाख ३ : ओखलढुंगाको लिखु गाउँपालिका चट्याङपछि आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।  बिहीबार राति करिब १ बजेतिर चट्याङ परेर...
गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर चट्याङले ध्वस्त

ओखलढुंगा, वैशाख ३ : ओखलढुंगाको लिखु गाउँपालिका चट्याङपछि आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।  

बिहीबार राति करिब १ बजेतिर चट्याङ परेर आगलागी हुँदा लिखु गाउँपालिका ८ का दुई घर जलेर नष्ट भएका हुन् । ती घर गाउँपालिका अध्यक्ष र वडाध्यक्षको हो । 

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले ध्वस्त भएको छ।

चट्याङ परेर घर आगोलागी भएपछि भाग्ने क्रममा वडाध्यक्ष विशालकुमारकी श्रीाती घाइते भएकी छिन् । 

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्