Kathmandu Press

न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाई आज

काठमाडौं, वैशाख ३ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ आज (शुक्रबार) हुँदैछ ।न्यायाधीशमा सिफरिस भएका चुडाल र...
न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाई आज

काठमाडौं, वैशाख ३ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ आज (शुक्रबार) हुँदैछ ।

न्यायाधीशमा सिफरिस भएका चुडाल र सुवेदीविरुद्ध ७ वटा उजुरी परेको छ । जसमा सुवेदीविरुद्ध ५ र चुडालविरुद्ध २ उजुरी परेका छन् ।

गत ४ चैतमा संसदीय समियतले प्रस्तावित न्यायाधीशविरुद्ध १० दिनभित्र उजुरी दिन आव्हान गरेको थियो। चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ ।

 

प्रकाशित मिति: १०:२९ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्