Kathmandu Press

आइपिएलमा राजस्थानको पहिलो जित

आइपिएलमा राजस्थानको पहिलो जित

काठमाडौं, वैशाख ३ : आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ। गएराति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो ।

जितका लागि दिल्लीबाट पाएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी छँदै भेट्टायो। उसका लागि डेभिड मिलरले ६२ रन बनाए भने क्रिस मोरिसले ३६ रन बनाए।

दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएपनि टिमको हार टार्न सकेनन्। त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कप्तान रिषभ पन्तले ५१ रन बनाए ।

राजस्थानका जयदेव उनादकान्तले ३ विकेट लिए । दिल्ली पहिलो खेलमा विजयी भएपनि दोस्रो खेलमा पराजित भयो। आज पञ्जाब र चेन्नेई खेल्दैछन्।

प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्