भारतमा एकैदिन २ लाख १६ हजार संक्रमित, ११ सय वढीको मृत्यु
काठमाडौं, वैशाख ३ : भारतमा पछिल्लो २४ घण्टामा दिन २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यस्तै‚ पछिल्लो २४...
काठमाडौं, वैशाख ३ : भारतमा पछिल्लो २४ घण्टामा दिन २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै‚ पछिल्लो २४ घण्टामा एक हजार १८३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ।
यसैगरी भारतमा हालसम्म १ करोड २५ लाख संक्रमित उपचारपछि निको भएका छन् । भारतपछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन्। त्यहाँ हिजो मात्रै ८० हजार ५०० भन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७७४ जनाको मृत्यु भएको छ।
यसैगरी अमेरिकामा थप झण्डै ७२ हजार संक्रमित फेला परेका छन् भने ८७७ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: ०६:४४ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)