किरण धनगढीका आइकोनिक खेलाडी
काठमाडौं, वैशाख २ : नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइकोनिक खेलाडीका रुपमा धनगढी एफसीमा आबद्ध भएका छन् ।वैशाख ११ देखि...
काठमाडौं, वैशाख २ : नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइकोनिक खेलाडीका रुपमा धनगढी एफसीमा आबद्ध भएका छन् ।
वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिगका लागि धनगढीले किरणलाई आइकोनिक खेलाडीका रुपमा क्लबमा भित्र्याएको हो। बिहीबार एक कर्यक्रमबीच क्लबका मालिक सुबास शाही र किरणले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। धनगढीले मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी छन्।
आइलिग खेलिरहेका किरणसँगै अभिषेक रिजाल र प्रकाश बुढाथोकीलाई पनि एनएसएलका लागि क्लबहरुले आइकोनिक खेलाडीका रुपमा अनुबन्धन गर्न सक्ने प्रावधान छ। अभिषेक र प्रकाशलाई कुनै टिमले अनुबन्धन गरेका छैनन्।
किरणको अनुबन्धसँगै धनगढी बलियो टिम बनेको शाहीले बताए। धनगढीमा विशाल र किरणसँगै राष्ट्रिय टिमकै दिनेश राजवंशी, निशान खड्का र दर्शन गुरुङ पनि छन्।
धनगढीसँग आबद्ध भएपछि किरणले ५ वर्षपछि घरेलु लिग खेल्न पाउँदा खुशी लागेको बताए। उलने टिमलाई जिताउन सक्दो मेहनत गर्ने बताए।




-1784031842.jpg)




-1784031842.jpg)

