Kathmandu Press

बाँकेमा सिनेमा हल र जिम बन्द, नाकामा आवतजावत राेक

बाँकेमा सिनेमा हल र जिम बन्द, नाकामा आवतजावत राेक

नेपालगन्ज, वैशाख २ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भारतसँग सीमा जोडिएको बाँकेमा भिडभाड र जमघट हुने स्थान बन्द गरिएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार साँझ बसेको बैठकले बढी भिडभाड हुने सिनेमा हल, जिम क्लब र स्वीमिङ पुल बन्द गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार विद्यालय बन्दको निर्णय भने स्थानीय तहले गर्नेछन्।

विद्यालय बन्द गर्ने अधिकार जिल्ला समितिलाई नभएकाले स्थानीय सरकारले गर्ने उनको भनाइ छ। बिहीबार दिउसो बसेको नेपालगन्ज उपमहानगरपालिकाको बैठकले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।

जिल्ला संकटन व्यवस्थाप केन्द्रको बैठकले भारतसँगको नाका पनि बन्द गर्ने निर्णय गरेको छ। आकस्मिकबाहे आवतजावतमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए।

त्यस्तै, संक्रमित बढ्न थालेपछि आइसोलेसन बेड पनि थप्ने निर्णय गरेको छ। भेरी अस्पतालमा १०० बेड पुर्‍याउने र कोहलपुर मेडिकल कलेजमा ५० वार्डको आइसोलेसन कक्ष स्थपना गर्ने निर्णय गरिएको छ। अहिले भेरी अस्पतामाल ६८ बेड रहेका छन्।

 

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्