Kathmandu Press

नेपालगञ्जमा विद्यालय एक साता बन्द गरिने

बाँके, वैशाख २ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपालगञ्जका विद्यालय एक साताका लागि बन्द गरिने भएको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले कारोना संक्रमण...
नेपालगञ्जमा विद्यालय एक साता बन्द गरिने

बाँके, वैशाख २ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपालगञ्जका विद्यालय एक साताका लागि बन्द गरिने भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले कारोना संक्रमण बढेपछि आइतबारदेखि लागू हुने गरी नगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको हो।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। संक्रमणको जोखिम बढेकाले शतर्कता अपनाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।

बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेको छ।

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्