थप पाँच सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, वैशाख २ : पछिल्लो २४ घण्टामा थप पाँच सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।तीन हजार ५०८८ जनामा गरिएको पीसीआर...
काठमाडौं, वैशाख २ : पछिल्लो २४ घण्टामा थप पाँच सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तीन हजार ५८८ जनामा गरिएको पीसीआर परीक्षणमा चार सय ९० र पाँच सय ६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौंमा एक सय ४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङमा १३, दाङमा १३, रुपन्देहीमा १६, महोत्तरीमा १० र बाग्लुङमा १० जना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)