महानगरले सिल गर्यो सिटी मार्केटका पसल
काठमाडौं, वैशाख २ : काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ। सम्झौता नगरी ७–८ वर्षदेखि महानगरको स्वामित्व रहेको भवनमा बसेको...
काठमाडौं, वैशाख २ : काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ। सम्झौता नगरी ७–८ वर्षदेखि महानगरको स्वामित्व रहेको भवनमा बसेको भन्दै महानगरले व्यवसायीहरुको पसलहरु बन्द गरेर सिल गरेको हो ।
व्यवसायीले सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै विरोध गरेका थिए । तर, महानगरले पटक–पटक महानगरको भवनमा बिना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ।
भाडाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन महानगरपालिकाले जानकारी दिएको छ।
यसअघि महानगरले सो भवन ठेकदारमार्फत भाडमा दिएको थियो।
प्रकाशित मिति: १६:२० बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)