Kathmandu Press

भारतबाट आएका व्यापारीलाई कोरोना खोप दिन दूतावासको पत्र अनिवार्य

दूतावासको पत्र नल्याउने भारतीय व्यापारीहरूलाई खोप दिन बन्द गरिएको  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले जानकारी दिए।
भारतबाट आएका व्यापारीलाई कोरोना खोप दिन दूतावासको पत्र अनिवार्य

काठमाडौं, वैशाख २ : भारतबाट नेपाल आएर कोरोना खोप लिन भारतीय दूतावासको पत्र अनिवार्य गरिएको छ।

दूतावासको पत्र नल्याउने भारतीय व्यापारीहरूलाई खोप दिन बन्द गरिएको  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले जानकारी दिए।

केही दिनयता भारतबाट नेपाल आई खोप लगाएर फर्किनेहरूको संख्या बढेको थियो। भारतका व्यापारीहरूलाई खोप दिइएको सार्वजनिक भएपछि आलोचना भएको थियो।

‘केही दिनअघि भारतका व्यापारीहरू नेपाल आएर कोरोना खोप लगाई पुनः भारत फर्केको केस भेटिएपछि बुधबारदेखि उनीहरूलाई खोप दिन बन्द गरेका छौँ,’ डा. राजभण्डारीले काठमाडौं प्रेससँग भने, ‘तर, नेपालमै बसोबास गर्दै आएका भारतीय नागरिकलाई भने खोपबाट वञ्चित गर्नु हुँदैन।’

भारतबाट आई खोप लगाएर फर्किनेको संख्या करिब २० जना रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्