Kathmandu Press

बुद्धकृष्णवागले आठौँपटक छेडे जिब्रो

काठमाडौं, वैशाख २ :  भक्तपुरका बुद्धकृष्णवाग श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेका छन् । मध्यपुरथिमीको बोडेमा हरेक वर्ष मनाइने  ‘जिब्रो छेड्ने जात्रा’ मा ४८...
बुद्धकृष्णवागले आठौँपटक छेडे जिब्रो

काठमाडौं, वैशाख २ :  भक्तपुरका बुद्धकृष्णवाग श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेका छन् । मध्यपुरथिमीको बोडेमा हरेक वर्ष मनाइने  ‘जिब्रो छेड्ने जात्रा’ मा ४८ वर्षीय बुद्धकृष्णवागले आठौँ पटक जिब्रो छेडेका हुन्।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्