गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका लागि समावेदन दर्ता
काठमाडौं, वैशाख २ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका तीन दलले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन...
काठमाडौं, वैशाख २ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका तीन दलले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन दर्ता गरेका छन् ।
कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ।
गुरुङको सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनमोर्चाका तीन सांसदले अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने सहमति दिएका छन्।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै तीन दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएका हुन्।
प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)