टोकियो ओलम्पिक रद्द हुनसक्ने !

टोकियो, वैशाख २ : जापान सरकारले कोरोना भाइरस संक्रमणको कारणले भयावह अवस्था सृजना भएमा टाकियो ओलम्पिक रद्द हुनसक्ने बताएको छ ।
टोकियो ओलम्पिक सुरु हुन सय दिन मात्रै बाँकी रहेको अवस्थामा लिबरल डेमोक्रयाटिक पार्टीका महासचिव तोशिहिरो निकैले कोरोना भाइरसको उच्च प्रसार भएमा जापान सरकारले टाकियो ओलम्पिक रद्द गर्न सक्ने विकल्प रहेको बताएका हुन् ।
‘यदि कोरोनाको कारण टोकियो ओलम्पिक सम्पन गर्न असम्भव देखिएमा हामीले यसलाई रोक्नुपर्ने वा रद्द गर्ने निर्णलाई लागु गर्नेछौं,’ पार्टीका महासचिव तोशिहिरो निकैले भने ।
विश्वको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ओलम्पिक पहिले नै एक बर्ष ढिलो भएको छ र अन्तर्राष्ट्रिय दर्शकहरूबिना आयोजित भइरहेको छ ।
हालसम्म जापानमा कोरोना संक्रमितको संख्या पाँच लाख १२ हजार एक सय १९ छ भने मृत्यु हुनेको संख्या नौ हजार चार सय ६९ छ ।त्यस्तै, निको हुनेको संख्या चार लाख ७१ हजार सात रहेको छ ।











