Kathmandu Press

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।
गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं, वैशाख २: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव दर्ता भएको हो।

प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदको हस्ताक्षर छ।

राष्ट्रिय जनमोर्चाका सांसदहरूले अविश्वास प्रस्तावमा मतदान गर्ने सहमति दिएका छन्। गण्डकी प्रदेशसभामा कांग्रेसका १५, माओवादीका १२, राजमो ३ र जसपाका २ सांसद छन्। एक जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन्।

माओवादी केन्द्रबाट निर्वाचित नेत्रनाथ अधिकारी प्रदेशसभाका सभामुख छन्।

यसअघि अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले बुधबार मध्यरातदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गराएका थिए।

प्रकाशित मिति: १३:११ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्