Kathmandu Press

'चीनको सैन्य गतिविधिले क्षेत्रीय स्थीरतामा खतरा’ : ताइवान 

ताइपे, वैशाख २ : ताइवानको राष्ट्रपति साई इङ वेनले चीनको सैन्य गतिविधिले ताइवानको क्षेत्रिय शान्ति र स्थीरतामा खतरा उत्पन्न गरेको बताएका छन्। बिहीबार अमेरिकी प्रतिनिधि...
'चीनको सैन्य गतिविधिले क्षेत्रीय स्थीरतामा खतरा’ : ताइवान 

ताइपे, वैशाख २ : ताइवानको राष्ट्रपति साई इङ वेनले चीनको सैन्य गतिविधिले ताइवानको क्षेत्रिय शान्ति र स्थीरतामा खतरा उत्पन्न गरेको बताएका छन्। 

बिहीबार अमेरिकी प्रतिनिधि मण्डलसंग गरिएको बैठकमा राष्ट्रपति साई इङ वेनले चीनको सैन्य गतिविधिले ताइवानको क्षेत्रिय शान्ति र स्थीरतामा खतरा उत्पन्न गरेको बताएका हुन् । 

साईले अमेरिकी प्रतिनिधिमण्डललाई ताइवानले जतिसक्दो चाँडो अमेरिकासँग व्यापार वार्ता पुनः सुरु गर्न तत्पर रहेको बताएका थिए। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमा अनौपचारिक प्रतिनिधिमण्डललाई प्रजातान्त्रिक ताइवानलाई समर्थनको संकेतको रूपमा पठाएका थिए । 

बैठकमा अमेरिकी प्रतिमण्डलमा पूर्व सिनेटरका क्रिस्टोफर डोड, पूर्व उप राज्य सचिव रिचर्ड आर्मिटेज र जेम्स स्टीनबर्ग सहभागि थिए । 

राष्ट्रपति साईसँगको बैठकमा, पूर्व सिनेटर क्रिस्टोफर डोडले अमेरिका यस टापुको आत्मरक्षालाई निरन्तर समर्थन गर्नेमा प्रतिबद्ध रहेको बताएका थिए । 

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्