Kathmandu Press

'चीनको सैन्य गतिविधिले क्षेत्रीय स्थीरतामा खतरा’ : ताइवान 

ताइपे, वैशाख २ : ताइवानको राष्ट्रपति साई इङ वेनले चीनको सैन्य गतिविधिले ताइवानको क्षेत्रिय शान्ति र स्थीरतामा खतरा उत्पन्न गरेको बताएका छन्। बिहीबार अमेरिकी प्रतिनिधि...
'चीनको सैन्य गतिविधिले क्षेत्रीय स्थीरतामा खतरा’ : ताइवान 

ताइपे, वैशाख २ : ताइवानको राष्ट्रपति साई इङ वेनले चीनको सैन्य गतिविधिले ताइवानको क्षेत्रिय शान्ति र स्थीरतामा खतरा उत्पन्न गरेको बताएका छन्। 

बिहीबार अमेरिकी प्रतिनिधि मण्डलसंग गरिएको बैठकमा राष्ट्रपति साई इङ वेनले चीनको सैन्य गतिविधिले ताइवानको क्षेत्रिय शान्ति र स्थीरतामा खतरा उत्पन्न गरेको बताएका हुन् । 

Hardik ivf

साईले अमेरिकी प्रतिनिधिमण्डललाई ताइवानले जतिसक्दो चाँडो अमेरिकासँग व्यापार वार्ता पुनः सुरु गर्न तत्पर रहेको बताएका थिए। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमा अनौपचारिक प्रतिनिधिमण्डललाई प्रजातान्त्रिक ताइवानलाई समर्थनको संकेतको रूपमा पठाएका थिए । 

बैठकमा अमेरिकी प्रतिमण्डलमा पूर्व सिनेटरका क्रिस्टोफर डोड, पूर्व उप राज्य सचिव रिचर्ड आर्मिटेज र जेम्स स्टीनबर्ग सहभागि थिए । 

राष्ट्रपति साईसँगको बैठकमा, पूर्व सिनेटर क्रिस्टोफर डोडले अमेरिका यस टापुको आत्मरक्षालाई निरन्तर समर्थन गर्नेमा प्रतिबद्ध रहेको बताएका थिए । 

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, वैशाख २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्