Kathmandu Press

सिंहदरबारभित्रै नायब सुब्बाको प्रदर्शन

काठमाडौं, वैशाख २ : संघीय निजामती सेवा विधेयकको विरोधमा नायब सुब्बाहरुले कर्मचारीहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्। संघीय निजामती सेवा विधेयकको केही प्रावधानको विरोधमा बिहीबार नायब...
सिंहदरबारभित्रै नायब सुब्बाको प्रदर्शन

काठमाडौं, वैशाख २ : संघीय निजामती सेवा विधेयकको विरोधमा नायब सुब्बाहरुले कर्मचारीहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्। 

संघीय निजामती सेवा विधेयकको केही प्रावधानको विरोधमा बिहीबार नायब सुब्बाहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि प्रदर्शन गरेका छन्।

राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)मा पदपूर्तिको व्यवस्थाप्रति विरोध उत्रिएका नायब सुब्बाहरुले ‘गिरेको मनोबल, कस्तो खोजेको प्रतिफल, माननीय ज्यू नासुको आँसु देख्नु भएन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ। उनीहरुले पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्