Kathmandu Press

गण्डकीमा तीन दल बैठक जारी, विशेष अधिवेशन माग गर्ने तयारी

अविश्वास प्रस्ताव छल्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन बुधबार मध्यरातमै अन्त्य गरेपछि विशेष अधिवेशन माग गर्ने तयारी सुरु भएको छ।
गण्डकीमा तीन दल बैठक जारी, विशेष अधिवेशन माग गर्ने तयारी

काठमाडौं, वैशाख २ : अविश्वास प्रस्ताव छल्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन बुधबार मध्यरातमै अन्त्य गरेपछि विशेष अधिवेशन माग गर्ने तयारी सुरु भएको छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थियो। तर, प्रदेश सरकारले बुधबार मध्यरातदेखि नै लागू हुने गरी सुटुक्क प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ।

भावी रणनीति तय गर्न अहिले कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच बैठक जारी छ। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अब प्रदेशसभाको विशेष अधिवेशन माग गर्नुको विकल्प नभएको बताए।

‘प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णयको घोर भत्र्सना गर्छौँ,’ नेपालीले भने, ‘तीनै दल बैठकमा छौँ, विशेष अधिवेशन माग गर्नुको विकल्प देखिएको छैन।’

अविश्वासको प्रक्रिया अगाडि बढाइने नेपालीले जानकारी दिए। ‘सरकार भाग्न खोजेको छ। तर, सधैँ भागेर हुँदैन। भाग्न दिँदैनौँ,’ नेपालीले भने।
 

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्