Kathmandu Press

अब जग्गाको नक्सा आफैँ प्रिन्ट गर्न सकिने 

काठमाडौं, वैशाख २ : अब इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न सकिने भएको छ। प्रधानमन्त्री केपी ओलीले नापी विभागमा बिहीबार आयोजित...
अब जग्गाको नक्सा आफैँ प्रिन्ट गर्न सकिने 

काठमाडौं, वैशाख २ : अब इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न सकिने भएको छ। प्रधानमन्त्री केपी ओलीले नापी विभागमा बिहीबार आयोजित औपचारिक कार्यक्रमबाट यो व्यवस्थाको शुभारम्भ गर्नेछन्।

विभागका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु पर्दैन्।  ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीले बताएका छन्।  

विभागका अनुसार बिहीबार यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ। त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ।

 

प्रकाशित मिति: ११:४४ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्