Kathmandu Press

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, वैशाख २ : वीरगञ्जमा र्कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।  नारायणी अस्पतालमा उपचार गराइरहेकी वीरगञ्ज महानगरपालिका–२ की ४२ वर्षीया महिलाको...
वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, वैशाख २ : वीरगञ्जमा र्कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।  नारायणी अस्पतालमा उपचार गराइरहेकी वीरगञ्ज महानगरपालिका–२ की ४२ वर्षीया महिलाको मृत्यु भएको हो।

आइसियूमा उपचार गराइरहेकी ती महिलाको बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना संक्रमित उनमा श्वासप्रश्वासमा समस्या र अक्सिजनको मात्रा कम भएको बताइएको छ ।

०७६ चैत २९ गते बेलुका नारायणी अस्पतालामा भर्ना भएकी थिइन् । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कोरोनाका कारण पर्सामा मात्रै मृत्यु हुनेको संख्या ५६ पगेको छ।

 

 

प्रकाशित मिति: १०:२७ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्