Kathmandu Press

दक्षिण अफ्रिकामाथि पाकिस्तानको सानदार जित

काठमाडौं, वैशाख २ : दक्षिण अफ्रिकाविरुद्धको टि–२० सिरिजको तेस्रो खेलमा पाकिस्तानले सानदार जित निकालेको छ । सेन्चुरियनमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली...
दक्षिण अफ्रिकामाथि पाकिस्तानको सानदार जित

काठमाडौं, वैशाख २ : दक्षिण अफ्रिकाविरुद्धको टि–२० सिरिजको तेस्रो खेलमा पाकिस्तानले सानदार जित निकालेको छ । सेन्चुरियनमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । 

यो जितसँगै पाकिस्तानले ४ खेलको टि–२० सिरिजमा २–१को अग्रता लिएको छ। पहिलो खेल पास्तिानले ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको थियो । चौथो टि–२० सेन्चुरियनमा शुक्रबार हुने छ।

पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको २०४ रनको विशाल लक्ष्य पाकिस्तानले १८ ओभरमै १ विकेट मात्र गुमाएर भेट्टायो । पाकिस्तानलाई शानदार जित दिलाउने क्रममा बाबर अजामले शतकीय योगदान दिए । उनले ५९ बलमा १४ चौका र ४ छक्का प्रहार गर्दै १२२ रनको इनिङ खेले।

यस्तै, मोहमद रिजवानले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७३ रन बनाए । बाबर र रिजवानले पहिलो विकेटका लागि १९७ रनको साझेदारी गरेका थिए । पाकिस्तानको एकमात्र विकेट लिजाड विलियम्सले लिए।  

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो । उसका लागि एडन मार्क्रम र जानेमन मलानले अर्धशतकीय योगदान दिए । मार्क्रमले ३१ बलमा ६३ रन बनाए भने मलानले ४० बलमा ५५ रनको योगदान दिए ।

यस्तै रस्सी भान डेर डुसेनले ३४ रन बनाए भने जर्ज लिन्डेले २२ रन बनाए । पाकिस्तानका मोहमद नवाजले दुई विकेट लिए।

प्रकाशित मिति: ०८:५७ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्