रसुवामा टिप्पर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं, वैशाख २ : रसुवामा गएराति टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।रसुवाको कालीका गाउँपालिका-२ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका १ राम्चेका...
काठमाडौं, वैशाख २ : रसुवामा गएराति टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
रसुवाको कालीका गाउँपालिका-२ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका १ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय ग्राङ प्राविका प्रधानाध्यापक राजेन्द्र तामाङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो । दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा ज्यान गएको हो ।
टिप्परमा कालीका गाउँपालिका १ का वडाध्यक्ष मालफुर्पा तामाङसहित तीन जना रहेको र दुर्घटनापछि बेपत्ता भएका वडाध्यक्ष तामाङ खोजीपछि फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:५२ बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)