Kathmandu Press

अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ 

काठमाडौं, वैशाख २ : अमेरिकाको मिनसोटामा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा एक श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ।उनीमाथि गैरन्यायिक...
अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ 

काठमाडौं, वैशाख २ : अमेरिकाको मिनसोटामा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा एक श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ।

उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले जनाएका छन्। पक्राउ परेकी प्रहरी अधिकृत किम पोटरलाई हाल अनुसन्धानका लागि हिरासतमा राखिएको छ।  

पोटरले २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस आफूले गोली चलाएको बयान दिएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

नियतवस गोली प्रहार गरी हत्या गर्ने आफ्नो मनसाय नभएको तर त्यो एक दुर्घटना भएको उनले भनेकी छन्। राइटको हत्यापछि उक्त क्षेत्रका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए र रात्रिकालीन कर्फ्यु लगाएका थिए।
 

प्रकाशित मिति: ०८:२९ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्