Kathmandu Press

पोखराको सेती खोंचमा नयाँ बन्जीको मज्जा, हिमाल हेर्दै जम्प गर्न पाइने 

काठमाडौं, वैशाख २ : पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालि ले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको...
पोखराको सेती खोंचमा नयाँ बन्जीको मज्जा, हिमाल हेर्दै जम्प गर्न पाइने 

काठमाडौं, वैशाख २ : पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालि ले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बनाएको बन्जीको  सफल परीक्षण गरिएको हो ।

लेक साइडबाट करिब तिन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्ष सँगै व्यावसायिक सञ्चालनमा आउने बताइएको छ । सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख लगानी रहेको बताइएको छ ।

Hardik ivf

अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बन्जीमा लगानी गरेका हुन ।  क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ ।

सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने भट्टराईको दाबी छ।  बन्जीको २ वटा प्लेटफर्म नदी देखि १०१ र १०५ मिटरमा छन् । दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको भट्टराईको दाबी छ।

साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्म बाट गराइने अध्यक्ष भट्टराईले बताए ।बन्जी परिसरमै रेस्टुरेन्ट समेत निर्माण भएको छ ।

प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्