Kathmandu Press

सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा...
सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भनेर कराएको जिकिर गरे। उनले भने, ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आगनमा निस्केर कराउन थाल्छन्। अहिले त्यस्तै केही स्यालहुइँया चलाउने मान्छेहरु छन्। के हो प्रतिगमन भनेको? यिनीहरुले परिवर्तन नै बुझेको रहेनछन् कि क्या हो?'

उनले परिवर्तन र उपलब्धिहरु नखोसिएको बताए। प्रधानमन्त्री ओलीले भने, 'अहिले संविधान खोसिएको छैन। व्यवस्था खोसिएको छैन, जनताका अधिकार खोसिएको छैन लोकतन्त्रका आधारभूत मूल्य मान्यता केही तलमाथि पर्‍यो र ? केही पनि परेन।’

लुटपाट गरेर भए पनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने उनको भनाइ थियो। ‘केही मान्छेहरुको महत्वाकांक्षा पूरा हुन पाएन। लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो उनले भने, आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने,' ओलीले भने।

उनले प्रचण्ड र माधवकुमार नेपाललाई बहमुतको सरकार ढाल्न खोजेको आरोप लगाए।  ओलीले भने, 'शाब्दिक क्रान्तिकारीहरु नामका वामपन्थी, कामका दक्षिणपन्थी आफ्नै बहुमतको सुदृढ बहुमतको झण्डै दुई तिहाईको सरकार आफूहरुले नै उत्पात मच्चाएर ढाल्ने। किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिंड्दाहिंड्दै कब्जा किला काँटा सबै फुत्कियो। अनि कब्जा गर्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने।’

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्