Kathmandu Press

उपत्यकामा २५४ सहित ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख १ : नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...
उपत्यकामा २५४ सहित ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख १ : नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६०३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । 

पछिल्लो सोमबारदेखि आजसम्म १३ हजार५३ जनामा कोरोना परीक्षण गरिएको छ।

जसमध्ये  १५३६ जना संक्रमित भएका छन् भने ४२० जना संक्रमणमुक्त भएका छन्।

हालसम्म मुलुकभर ४०५६ जना कोरोना संक्रमित छन्। जसमध्ये ३५९९ जना होम आइसोलेशनमा छन् भने ४५७ जना संस्थागत आइसोलेशनमा छन्।

काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो।


 

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्