Kathmandu Press

प्युठान जिप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

प्युठान वैशाख १ : जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या ५ पुगेको छ। बुधबार दिउँसो भएको दुर्घटनामा परी प्रशासन कार्यालय...
प्युठान जिप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

प्युठान वैशाख १ : जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटनामा मृत्यु हुनेहरूको संख्या ५ पुगेको छ। 

बुधबार दिउँसो भएको जिप दुर्घटनामा परी प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी स्वर्गद्वारी रुमाले नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।  

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रेमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले बताए। जिप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्