अफगानिस्ताबाट सेप्टेम्बर ११ सम्म अमेरिकी सेना फिर्ता हुने
वासिङटन, वैशाख १ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्ताबाट अमेरिकी सेनालाई सेप्टेम्बर ११ सम्म फिर्ता बोलाउने निर्णय गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने...
वासिङटन, वैशाख १ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्ताबाट अमेरिकी सेनालाई सेप्टेम्बर ११ सम्म फिर्ता बोलाउने निर्णय गरेका छन् ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने मिती मे १ मा भएपनि बाइडेनले चार महिना ढिला सौनिक फिर्ता बोलाउने निर्णय गरेका हुन् । बाइडेनले अफगानिस्ताबाट आफ्नो सौनिक फिर्ता बोलाउने उत्त निर्णय गरेको अमेरिकी अधिकारीले बताएका छन् ।
कडा नीति समीक्षापछि राष्ट्रपति बाइडेनले अफगानिस्तामा रहेका बाँकी सैनिकहरू हटाउने र २० वर्षपछि अमेरिकी युद्द अन्त्य गर्ने निर्णय गरेको अधिकारीहरुले बताएका छन् । हाल अफगानिस्तामा २५ सय अमेरिकी सौनिक तैनाथ छन् ।
प्रकाशित मिति: १४:५९ बजे, बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












