Kathmandu Press

राष्ट्रपतिद्वारा मानपदवीसहित सम्मान

काठमाडौं, वैशाख १ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्‍याएकाहरुलाई मानपदवीसहित सम्मान गरेकी छन् ।बुधबार शीतल निवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति...
राष्ट्रपतिद्वारा मानपदवीसहित सम्मान
तस्बिर : केदारबहादुर अधिकारको फेसबुकबाट

काठमाडौं, वैशाख १ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्‍याएकाहरुलाई मानपदवीसहित सम्मान गरेकी छन् ।

बुधबार शीतल निवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले ४५२ जनालाई विभूषित गरेकी हुन् ।

मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार २०७७ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई वैशाख १ गते विभूषित गरिएको हो ।

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम् श्रेणीमा १०४ तथा अलंकारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो।

मानपदवी पाउनेहरुको सूची

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्