प्युठानमा जिप दुर्घटना, दुई जनाको मृत्यु
प्युठान, वैशाख १ : जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु...
प्युठान, वैशाख १ : जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी स्वर्गद्वारी रुमाले नजिकै दुर्घटनामा परेको हो।
उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारीलगायत सवार रहेका थिए।
प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा दुई जना पुरुषको मृत्यु भएको छ। उनीहरूको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।
प्रकाशित मिति: १३:१३ बजे, बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)