Kathmandu Press

बेलायतले पाकिस्तानसहित २१ राष्ट्रलाई राख्यो उच्च जोखिमको सूचिमा 

लन्डन,वैशाख १ : बेलायत सरकारले पाकिस्तानलाई उच्च जोखिम र असन्तुष्ट २१ राष्ट्रको सूचीमा समावेश गरेको छ । बेलायतले पाकिस्तानलाई मनि लन्ड्रिङ र आतंकवादलाई वित्तिय...
बेलायतले पाकिस्तानसहित २१ राष्ट्रलाई राख्यो उच्च जोखिमको सूचिमा 

लन्डन,वैशाख १ : बेलायत सरकारले पाकिस्तानलाई उच्च जोखिम र असन्तुष्ट २१ राष्ट्रको सूचीमा समावेश गरेको छ । बेलायतले पाकिस्तानलाई मनि लन्ड्रिङ र आतंकवादलाई वित्तिय सहयोग गरेको आरोपसहित उच्च जोखिम र असन्तुष्ट २१ राष्ट्रको सूचीमा समावेश गरेको हो । 

बेलायतको फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले आतंकवादलाई वित्तिय सहयोग गरेको र मनि लन्ड्रिङको उच्च जोखिमलाई अनुगमन गर्दै राष्ट्रहरुलाई आफ्नो उच्च जोखिम र असन्तुष्ट राष्ट्रका सूचिमा राखेको छ । 

पाकिस्तान उच्च जोखिम र असन्तुष्ट राष्ट्रको सूचीमा १५औं स्थानमा छ । 

फाइनान्सियल एक्शन टास्क फोर्सको उच्च जोखिम भएको राष्ट्रका सूचीमा अल्बानिया, बार्बाडोस, बोत्सवाना, बुर्किना फासो, कम्बोडिया, केम्यान टापु, लोकतान्त्रिक गणतन्त्र राज्य कोरिया, घाना, ईरान, जमैका, मोरिशस, मोरक्को, म्यानमार, निकारागुआ, पाकिस्तान, पनामा, सेनेगल, सिरिया, युगान्डा, यमन र जिम्बावे छन्। 

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्