बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टिमको घोषणा
काठमाडौं, वैशाख १ : नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले बन्द प्रशिक्षणका राष्ट्रिय टिमको घोषणा गरेका छन्। मताइरीले विश्वकप...
काठमाडौं, वैशाख १ : नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले बन्द प्रशिक्षणका राष्ट्रिय टिमको घोषणा गरेका छन्। मताइरीले विश्वकप र एसिया कप छनोटको तयारीका लागि बन्द प्रशिक्षण सुरु गर्न ३२ सदस्यीय टिम छनोट गरेका हुन्।
मुताइरीले दुई युवा खेलाडी मनिष डाँगी र श्यान्सु भुसाललाई पनि टिममा राखेका छन् । मनिष र श्यान्सु दुवै विदेशमा फुटबल खेलिरहेका छन् । मनिष कोरियामा खेल्छन् भने श्यान्सु कतारको क्लबमा उमेर समूहको टिममा छन्। श्यान्सु पहिलो पटक नेपाली टिममा परेका हुन भने मनिषले यसअघि नै उमेर समूहबाट खेलिसकेका छन्।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आउनुअघि मनिष र श्यान्सु दुवैले नेपाल सुपर लिग खेल्दैछन् । मनिष विराटनगर सिटी एफसीमा आबद्ध छन् श्यान्सु एफसी चितवनले अनुबन्धमा आबद्ध छन्।
यस्तै लामो यसपछि मिडफिल्डर प्रकाश बुढाथोकीले पनि टिममा पुनरागमन गरेका थिए । केही समयअघि सम्पन्न आईलिगमा राम्रो प्रदर्शन गरेपछि उनी टिममा परेका हुन् । यस्तै, विकाश खवास, सन्तोष तामाङ र नवयुग श्रेष्ठ पनि टिममा परेका छन्।
बन्द प्रशिक्षणका मुताइरीले टिम घोषणा गरेपनि प्रशिक्षण भने नेपाल सुपर लिगपछि मात्र सुरु हुनेछ। नेपालले मे ३१ देखि जुन १५ भित्रमा विश्वकप छनोटका तीन खेल खेल्दैछ । त्यही खेलका लागि नेपाली टोलीले ३ जेठबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।
यस्तो छ टिम
गोलकिपर : किरण लिम्बु, विकेश कुथु, दीप कार्की र विशाल सुनार ।
डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास।
मिडफिल्डर : त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा।
स्ट्राइकर : दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ।











