Kathmandu Press

भारतमा एकैदिनमा १ लाख ८५ हजार कोरोना संक्रमित, १ हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख १ : छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ८५ हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्।गत २४ घण्टाभित्र त्यहाँ एक लाख...
भारतमा एकैदिनमा १ लाख ८५ हजार कोरोना संक्रमित, १ हजार वढीको मृत्यु 

काठमाडौं, वैशाख १ : छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ८५ हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

गत २४ घण्टाभित्र त्यहाँ एक लाख ८५ हजार २४८ जना नयाँ संक्रमित थपिएका हुन्। भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा मात्र एक हजार २६  जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७२ हजार ११५ पुगेको छ। भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ।

संक्रमितमध्ये एक करोड २३ लाख ३२ हजार ६८८ जना निको भइसकेका छन् भने १३ लाख ६६ हजार ५१८ सक्रिय संक्रमित रहेका छन्। कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २० लाख ७० हजार ७०७ संक्रमित रहेका छन्। यस्तै, तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३६ लाख १ हजार ५६६ संक्रमित रहेका छन्।
 

प्रकाशित मिति: ०७:३० बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्