बागमती प्रदेशसभाको बैठक वैशाख २ गते बस्ने

काठमाडौं, चैत ३१ : बागमती प्रदेशसभाको बैठक वैशाख २ गते बस्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार सभामुखले वैशाख २ गते बैठक बोलाएका हुन्। यसअघि चैत २६ गतेदेखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
प्रदेशसभा पुनः वैशाख २ गते दिनको १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
प्रदेशसभामा सत्तारुढ नेकपा (एमाले), प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष नेपाली कांग्रेस, साझा विवेकशील दल नेपाल मजदूर पार्टी, राप्रपा र एक स्वतन्त्र सांसद गरी ११० प्रदेशसभाका सदस्य छन्।
प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











