विश्वकप छनोटको बन्द प्रशिक्षणमा बोलाइए ३२ खेलाडी
काठमाडौं, चैत ३१ : विश्वकप छनोटका लागि तयारी गर्न राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।नेपालले आगामी...
काठमाडौं, चैत ३१ : विश्वकप छनोटका लागि तयारी गर्न राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
नेपालले आगामी जेठ १७ देखि असार १ गतेसम्म विश्वकप छनोटका तीन खेल खेल्दै छ। त्यसको तयारीका लागि जेठ ३ गतेदेखि बन्द प्रशिक्षण हुने भएको छ।
बन्द प्रशिक्षणका लागि नवनियुक्त प्रशिक्षक अलमुताइरीले ३२ खेलाडी छनोट गरेका हुन्। जसका लागि चार जना गोलकिपर छनोट भएका छन्। उनीहरुमा कप्तान किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की र विशाल सुनार छन्।
यस्तै, डिफेन्डरमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ र विकास खवास छनोट भएका छन्।
यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट र सुमन लामालाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ।
यस्तै, फरवार्ड दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल र नवयुग श्रेष्ठ बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)