Kathmandu Press

मेलम्चीको पानी वितरणमा देखिएको समस्या समाधान गर्न ‘विशेष कार्यदल’

काठमाडौं, चैत ३१ : मेलम्ची आयोजनाको खानेपानी वितरणमा उत्पन्न समस्या समाधानका लागि विशेष कार्यदल गठन भएको छ। मंगलबार बसेको भौतिक पूर्वाधार तथा यात्रायात...
मेलम्चीको पानी वितरणमा देखिएको समस्या समाधान गर्न ‘विशेष कार्यदल’

काठमाडौं, चैत ३१ : मेलम्ची आयोजनाको खानेपानी वितरणमा उत्पन्न समस्या समाधानका लागि विशेष कार्यदल गठन भएको छ। मंगलबार बसेको भौतिक पूर्वाधार तथा यात्रायात र खानेपानी मन्त्रालयबीचको संयुक्त बैठकले मेलम्चीको पानी वितरणमा उत्पन्न समस्या समाधान गर्न ५ जना सम्मिलित विशेष कार्यदल गठन गरेको हो।

दुई मन्त्रालयबीच भएको संयुक्त बैठकमा भौतिक पूर्वाधार तथा यात्रायातमन्त्री वसन्त नेम्वाङ र खानेपानीमन्त्री मणिचन्द्र थापा पनि उपस्थित थिए। मेलम्चीको पानी वितरण गर्दा काठमाडौं उपत्यकाको सडकमा परेको समस्या समाधान गर्न कार्यदल गठन गरिएको हो ।

गत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो । तर, पुरानो पाइपलाइनमा पानी पठाउँदा उपत्यकाका विभिन्न स्थानमा पानीको पाइप फुटेर सडकमा क्षति पुगेको छ।

कार्यदलले भोलिदेखि नै काम अगाडि बढाउने बताइएको छ।

प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्