देउवा, डा.भट्टराई र यादवबीच भेटवार्ता, सत्ता साझेदारीबारे छलफल
काठमाडौं, चैत ३१ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई...
काठमाडौं, चैत ३१ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
मंगलबार डा. भट्टराई र यादव सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। तीनै नेताबीच सत्ता साझेदारीबारे छलफल भएको जनाएको छ।
भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विकल्पबारे छलफल भएका छ। डा. भट्टराई र यादवले नयाँ सरकारको नेतृत्व लिने गरी पहल गर्न देउवालाई प्रस्ताव गरेका छन्।
यसअघि जसपाको अध्यक्ष मण्डलको बैठक बसेको थियो। बैठकले ओली सरकारको विकल्पका विषयमा छलफल गरेको थियो। त्यससँगै जसपाले सरकारको नेतृत्व लिनका लागि पलह गर्ने विषयमा पनि छलफल भएको थियो।
जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग वार्ता गरिरहेका बेला संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव कांग्रेस सभापति देउवासँग छलफल गरेका हुन्।
नयाँ गठबन्धनको सरकार बनाउने कि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने भन्ने विषयमा जसपाभित्र विवाद छ। ठाकुर र महतो ओलीका पक्षमा छन् भने डा. भट्टराई र यादव गठबन्धनको पक्षमा छन्।
आज देउवासँग भएको छलफल पनि डा. भट्टराई र यादवले गठबन्धन सरकार बनाउनु पर्ने विषयमा जोड दिएको जनाएको छ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि आफ्नै नेतृत्वका सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। त्यसका लागि छलफल गर्न गत शुक्रबार नेकपा (माओवादी केन्द्र) र जसपासँग बैठक गरेको थियो।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)