Kathmandu Press

रुपन्देहीमा नेपाल समूहको समानान्तर कमिटी गठन

रुपन्देही, चैत ३१ : नेकपा एमालेको माधव नेपाल समूहले रुपन्देहीमा समानान्तर कमिटी बिस्तार गरेको छ ।नेपाल समूहले मंगलबार राजु गुरुङको अध्यक्षतामा २ सय ५...
रुपन्देहीमा नेपाल समूहको समानान्तर कमिटी गठन

रुपन्देही, चैत ३१ : नेकपा एमालेको माधव नेपाल समूहले रुपन्देहीमा समानान्तर कमिटी बिस्तार गरेको छ ।

नेपाल समूहले मंगलबार राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए । क्षेत्रीय कमिटी, पालिकास्तरीय इन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको उनले बताए । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणाा गरेको हो ।

यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ ।

प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्